कैलालीको गोदावरीमा अत्याधुनिक उपकरणसहित नयाँ स:मिल सञ्चालनमा

Image
Nisarga Hospital

कैलालीको गोदावरीमा अत्याधुनिक उपकरणसहित नयाँ निजी स:मिलले व्यावसायिक कार्य प्रारम्भ गरेको छ। न्यु सबिता स:मिल नामक यस व्यवसायले शुक्रबार विधिवत् पूजा गरी सञ्चालनमा आएको हो।

CP Hospital Dhangadhi

स:मिललाई नेकपा एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले स्थापना गरेका हुन्। भट्टका अनुसार, मिलको सञ्चालनको मुख्य उद्देश्य काठ चिरानका साथै खरिद-बिक्रीमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउनु हो।

अत्तरिया–धनगढी मुख्य सडकखण्डमा अवस्थित यो स:मिलमा नेपालमै पहिलो पटक प्रयोग भएका अत्याधुनिक र नयाँ प्रविधि जडान गरिएको छ। मिलमा जडान गरिएका मेसिनहरूले कार्यलाई तीव्र, सहज र दक्ष बनाउने क्षमता राख्छन्।

nawajiwan
Attariya Hospital

संचालक भट्टले व्यवसायिक काष्ठ क्षेत्रमा लामो अनुभव भएका कारण यस क्षेत्रमा गुणस्तरीय सेवा दिनसक्नेमा विश्वास व्यक्त गरेका छन्। स्थानीय तथा क्षेत्रीय काष्ठ व्यवसायको प्रवर्द्धन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले यो स:मिल स्थापना गरिएको हो।

यससँगै, कैलाली र आसपासका क्षेत्रमा काष्ठ उद्योगले थप गति लिने अपेक्षा गरिएको छ। स्थानिय स्रोत-साधनको प्रभावकारी उपयोग गर्दै व्यावसायिक क्षेत्रमा योगदान पुर्‍याउने योजनासहित मिल सञ्चालनमा आएको बताइएको छ।