देशभर हल्का वर्षा र हिमपातको सम्भावना, सतर्क रहन विभागको आग्रह

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

विभागका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

nawajiwan

आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

Attariya Hospital

बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुने तथा यसले जनजीवन, यातायात, पर्यटन र हवाई उडानमा असर गर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ।