धनगढीका मुख्य क्षेत्रहरूमा पाँचवटा स्मार्ट शौचालय निर्माण हुँदै

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रका प्रमुख चोकहरूमा पाँचवटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ भित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उपमहानगरपालिकाले जनाएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाका अनुसार, बजारका चार मुख्य स्थान र एक खुल्लामञ्चमा स्मार्ट शौचालय निर्माण भइरहेको छ। शौचालय ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, पुरुष र बालमैत्री हुने गरी डिजाइन गरिएको छ।

डिभिजनल इन्जिनियर द्विजराज भट्टका अनुसार, शौचालय निर्माण कार्यलाई चैतभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

nawajiwan

 
कुल लागत: १ करोड २० लाख रुपैयाँ
प्रति शौचालय लागत: २४ लाख रुपैयाँ
ठेकेदार कम्पनी: सीबीआर कन्स्ट्रक्सन प्रालि

Attariya Hospital

स्मार्ट शौचालयले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि सहज पहुँच सुनिश्चित गर्नका साथै महिला र पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था गर्नेछ। बालमैत्री डिजाइनले बालबालिकाको सहजतामा ध्यान केन्द्रित गरेको छ।

धनगढी उपमहानगरपालिकाले स्मार्ट शौचालय निर्माणलाई सहरको स्वच्छता र आधुनिकताको एउटा प्रमुख मापनका रूपमा लिएको छ। सहरका मुख्य चोकहरूमा यस्ता शौचालयले सरसफाइमा सुधार ल्याउनुका साथै स्थानीय बासिन्दा र आगन्तुकलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

उपमहानगरपालिकाले यी शौचालयहरू समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई आवश्यक निर्देशन दिएको छ।