भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

Image
Nisarga Hospital

मातृभूमि जागरण अभियानका अभियन्ता भीम रावल एमालेबाट निष्कासित भएपछि पहिलोपटक सुदूरपश्चिम पुगेका छन्। उनी शुक्रबार बिहान कैलालीको धनगढी आइपुगेका हुन्। धनगढी विमानस्थलमा उनका समर्थकहरूले स्वागत गरेका थिए।

CP Hospital Dhangadhi

सो अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको थियो। रावल काठमाडौंबाट धनगढीसम्म एमाले नेता कर्ण थापासँगै यात्रा गरेका थिए।

भीम रावलले नयाँ पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरिसकेका छन्। उनले आफ्नो नेतृत्वमा गठन हुन लागेको पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल रहने जानकारी दिएका छन्।

nawajiwan
Attariya Hospital

धनगढी विमानस्थलमा पत्रकारहरूले उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको छलफलबारे प्रश्न गरेका थिए। रावलले सबै इमानदार देशभक्तहरूलाई एकजुट गर्दै राष्ट्रको हितका लागि अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनले ठूला राजनीतिक दलहरू गन्तव्यहीन, आदर्शहीन, र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्रियता जोगाउन नयाँ सोच र नेतृत्वको खाँचो औंल्याए। “देशका लागि इमानदार देशभक्तहरू एक ठाउँमा आउँछन् भन्नेमा म विश्वस्त छु,” उनले भने।

रावलको सुदूरपश्चिम आगमन र नयाँ दल गठनको तयारीले आगामी राजनीतिक परिदृश्यमा परिवर्तन ल्याउने संकेत गरेको छ।