अत्तरिया सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारण सभा र मुखपत्र विमोचन सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: अत्तरिया सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारण सभा तथा मुखपत्र विमोचन कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi
oplus_131074

कार्यक्रमको अध्यक्षता सभापति टिका दत्त जोशीले गरेका थिए। प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट तथा विशिष्ट अतिथिमा उप प्रमुख शारदा देवी रोकाया, चुरे गाउँपालिका की उपाध्यक्ष धना थापा, वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ४ का अध्यक्ष हेम प्रकाश मल्ल लगायतका जनप्रतिनिधि, समाजसेवी र बुद्धिजीवीको उपस्थिति रहेको थियो।

nawajiwan

सामुदायिक सिकाइ केन्द्रले शिक्षा र सीपमार्फत समुदायका मानिसहरूको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याउँदै आएको छ। यो केन्द्र स्थानीय स्तरमा स्थापना भई सञ्चालन हुने अनौपचारिक शैक्षिक संस्था हो, जसले समुदायको आवश्यकतालाई मध्यनजर गरी शिक्षासँगै सीप आर्जन र स्वरोजगारको अवसर प्रदान गर्छ।

केन्द्रले निरक्षर व्यक्तिहरूलाई आधारभूत शिक्षा, विद्यालयबाहिरका बालबालिकालाई विद्यालय शिक्षाको अवसर, र समुदायका सदस्यहरूलाई निरन्तर शिक्षा र सीप प्रदान गर्दै आएको छ। यसबाहेक, पुस्तकालय तथा स्रोत केन्द्रको सञ्चालनबाट आवश्यक ज्ञान र सूचना उपलब्ध गराउँदै सामुदायिक सशक्तीकरणमा योगदान पुर्‍याएको छ।

Attariya Hospital

समुदायको आवश्यकता र समयको मागअनुसार केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै व्यक्तिको शारीरिक, मानसिक, र सामाजिक विकासमा सहयोग पुर्‍याइरहेको छ। पेसागत समूह गठन गरेर सामूहिक क्रियाकलापमार्फत आयआर्जन र जीवनस्तर उकास्न केन्द्रले विशेष पहल गर्दै आएको छ।

सिकाई केन्द्रका सचिव हरिलाल ओझाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

oplus_131074

यस्तै प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८०/०८१ ९ लाख ३०हजार ३२४ रुपैयाँ आम्दानी गरेको छ भने ६ लाख १४ हजार ७१६ रुपैयाँ खर्च गरेको साथै बचतमा ३ लाख १५ हजार ६०८ रहेको छ।

सामुदायिक सिकाइ केन्द्रहरूले स्थानीयस्तरमा शिक्षा, सीप र सशक्तीकरणका कार्यक्रममार्फत समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।