
नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलन धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको छ। सम्मेलनको उद्घाटन नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी छन्।

सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पदाधिकारीहरू, पालिका सभापति, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।
त्यसैगरी, पार्टीका वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरू पनि सहभागी छन्।

फोटोहरु




































