
हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।


आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बिहानपख तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्छ। तसर्थ, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
सुर्खेत जिल्लाको मौसम पूर्वानुमान यस प्रकार छ:

































