धनगढीमा बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा

Image
Nisarga Hospital

अत्तरिया:धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ।

CP Hospital Dhangadhi

बायोग्यास प्लान्टका सञ्चालक रवीनकान्त पन्तका अनुसार दैनिक करिब आठ हजार किलो फोहर धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउँछ भने बाँकी फोहर गौशाला, कुखुरा फार्म तथा अन्य स्रोतबाट संकलन गरिन्छ। यस प्लान्टले घरायसी तरकारी फोहर, खानाजन्य अवशेष, सडेगलेका फलफूल, गोबर, कुखुराको सुलीलगायत जैविक फोहरलाई प्रशोधन गरी बायोग्यास र गोबर मल उत्पादन गर्दै आएको छ।

प्लान्टले दैनिक ३० हजार किलो फोहर प्रशोधन गरी करिब ३,५०० किलो जैविक मल र १,००० किलो बायोमिथेन ग्यास उत्पादन गरिरहेको पन्तले जानकारी दिए। उत्पादित ग्यासको बजारीकरणको प्रयास भइरहेको र प्रदेश सरकारसँग सहकार्य गरी पाइपलाइनमार्फत घरघरमा आपूर्ति गर्ने योजना अघि बढाइएको कम्पनीले जनाएको छ।

nawajiwan
Attariya Hospital

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘बेस्ट टु इनर्जी प्रोजेक्ट’ अन्तर्गत रु २० करोड ८४ लाख लागतमा निर्माण गरिएको यो प्लान्ट गत वर्षदेखि सञ्चालनमा आएको हो। कुल लगतमध्ये ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ६० प्रतिशत देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले लगानी गरेको छ। प्लान्ट स्थापनाका लागि आवश्यक जग्गा धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको हो।

बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापन गर्न सहज भएको छ। पूर्ण क्षमतामा सञ्चालन भएपछि यस प्लान्टले दैनिक ३० हजार किलो फोहर प्रशोधन गरी १,००० किलो ग्यास उत्पादन गरिरहेको कम्पनीले जनाएको छ।

Advertize US