फागुपूर्णिमा: रंगहरूको उत्सव सहितको पर्व आज पहाडी क्षेत्रमा, भोलि तराईमा

Image
Nisarga Hospital

आज फागुपूर्णिमाको अवसरमा पहाडी भेगमा हर्षोल्लासका साथ होली मनाइँदैछ। रङहरूको यस चाडमा विभिन्न रंग प्रयोग गरी एकअर्कालाई रंग दलेर मनाउने परम्परा छ। तराई क्षेत्रमा भने होली भोलि धूमधामका साथ मनाइनेछ। विशेष गरी तराईका थारु समुदायले तीन दिनसम्म होली मनाउने प्रचलन छ भने कैलाली र कञ्चनपुरका रानाथारु तथा कठरिया समुदायमा यो पर्व करिब पन्ध्र दिनसम्म मनाइन्छ।

CP Hospital Dhangadhi

बालबालिकादेखि वृद्धवृद्धासम्मले उल्लासपूर्वक मनाउने यो पर्वलाई पुराना वैमनस्यता भुलेर मित्रता साटासाट गर्ने अवसरका रूपमा समेत लिइन्छ।

Attariya Hospital

होली पर्वको उत्पत्तिसँग दैत्यराज हिरण्यकश्यप र उनका पुत्र भक्त प्रह्लादको कथा जोडिएको छ। हिरण्यकश्यपले विष्णुभक्त प्रह्लादलाई मार्न आगोले नछुने वरदानप्राप्त आफ्नी बहिनी होलिकासँग आगोमा बस्न लगाएका थिए। तर आगोमा होलिका आफैँ भष्म भएकी थिइन् भने प्रह्लादलाई केही भएन। त्यसै समयदेखि अन्याय र अधर्मको प्रतीक बनेकी होलिकाको पराजयको उपलक्ष्यमा होली पर्व मनाउने परम्परा चलेको विश्वास गरिन्छ।

nawajiwan

होली आपसी सद्भाव, मित्रता र उल्लासको पर्व हो, जसलाई वैमनस्यता त्यागी स्वतन्त्रतापूर्वक मनाउने गरिन्छ।