बैशाख १ गते “अब धनगढी दौडिन्छ” को ११औँ संस्करण आयोजना हुँदै, विजेतालाई ७५ हजार नगद

Image
Nisarga Hospital

नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिताको तयारीमा धनगढी जेसिज जुटेको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी जेसिजले बैशाख १ गते हुने ‘अब धनगढी दौडिन्छ’ को तयारीमा जुटेको जनाएको छ । धनगढी जेसिजले १ बैशाख, २०८२ मा आयोजना गर्न लागेको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता ११ औं संस्करण हो । धनगढी जेसिजल सन् २०१४ बाट यो प्रतियोगिता नियमित रुपमा नयाँ वर्षको दिन आयोजना गर्दै आइरहेको छ ।

CP Hospital Dhangadhi

प्रतियोगिता १० औं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरिसकेको आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेश्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछन् । हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटास्थित मनेहरा पुल हुँदै पुनः धनगढी रंगशाला पुगेर समापन हुने संयोजक दिपक गौतमले बताए । यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र संचारको ५ कि।मी। दौड आयोजना गरिनेछ । धनगढी जेसिजका महासचिव आशिष शाहले विजेताले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छ भने उप–विजेताले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने बाए ।

Attariya Hospital

खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुदै आएको प्रतियोगितामा धावक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता हुने जेसिस धनगढीका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । नयाँ वर्ष २०८१ का अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका थिए । उनले २१ किलोमिटर दूरीको हाफ म्याराथन एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरेका थिए ।

nawajiwan