धनगढीमा सम्पन्न ब्याडमिन्टनको उपाधी कृषि बैंकलाई

Image
Nisarga Hospital

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम समितिले आयोजना गरेको अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि कृषि बैंकले जितेको छ ।

CP Hospital Dhangadhi

शनिबार धनगढीमा भएको प्रतियोगितामा कृषि विकास बैक विजेता बन्यो भने राष्ट्रिय वाणिज्य बैंक उपविजेतामा चित्त बुझायो । त्यसैगरी एनएमवि बैंक र नवजीवन सहकारी संस्था तृतीय भए । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १६ टिमको सहभागीता रहेको थियो ।

Attariya Hospital

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय टिमले क्रमश १० हजार, छ हजार र दुई हजार पाच सय नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाए । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्यको ३५औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

nawajiwan

# ट्रेण्डिङ