विकास र पारदर्शितामा समर्पित गोदावरीका वडाध्यक्ष रविन्द्र शाही ‘गुड्डु’

Image
Nisarga Hospital

अत्तरियाः  गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ले आफ्नो दोस्रो कार्यकाललाई जनताको अपेक्षा अनुसार विकास र समृद्धिमा समर्पित गरेका छन्। पहिलो कार्यकालमै जनविश्वास जितेका शाहीले अहिले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, ढल व्यवस्थापन, स्मार्ट बत्ती, खुला स्थान संरक्षण र पार्क निर्माणजस्ता पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

स्थानीयवासीहरूका अनुसार शाहीले पहिलो कार्यकालमै देखिएको प्रतिबद्धता र पारदर्शी कामको शैलीकै कारण दोस्रो कार्यकालको जित सुनिश्चित गरेका थिए। अहिले वडामा देखिएको परिवर्तनको श्रेय जनताले शाहीकै योजनाबद्ध, सक्रिय र समर्पित नेतृत्वलाई दिने गरेका छन्।

वडाध्यक्ष शाही भन्छन्, “विकास कुनै प्रचारको विषय होइन। म परिणाममै विश्वास राख्छु। जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्ने योजनालाई प्राथमिकता दिएको छु।”

उनको काम गर्ने शैलीमा स्पष्टता, जवाफदेहिता र जनसहभागिता देखिन्छ। विकासका योजनाहरूमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ, जसले दीर्घकालीन र दिगो विकासमा सहयोग पुगेको छ।

हाल वडा नं. १० लाई व्यवस्थित, सुरक्षित र समृद्ध बनाउने दीर्घकालीन दृष्टिकोणअनुसार पूर्वाधार विस्तार तीव्र रूपमा भइरहेको छ। वडाका अधिकांश टोलमा ढल, नाली, बाटो, बत्ती जस्ता आधारभूत आवश्यकताहरू पूरा हुँदै गएका छन्।

शाहीको नेतृत्वमा गोदावरी–१० ले अत्तरिया क्षेत्रमै अनुकरणीय उदाहरण प्रस्तुत गरिरहेको छ। योजनाको छनोटदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा जनताको चासो र सुझावलाई समावेश गरिनु शाहीको विशेषता बनेको छ।

यस्तो समर्पित नेतृत्वका कारण वडा नं. १० नजिकको भविष्यमा सुदूरपश्चिमकै उत्कृष्ट नमुना वडाका रूपमा स्थापित हुने अपेक्षा बढ्दै गएको छ।