वीरगंज झडपपछि कर्फ्यु उल्लंघन गर्ने ३६ जना पक्राउ, अवस्था सामान्यतर्फ

Image
Nisarga Hospital

पर्साको वीरगंजमा हनुमान जयन्तीलाई लिएर भएको झडपपछि कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हुलदंगा मच्चाउने, कर्फ्यु आदेश तोड्ने र आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

CP Hospital Dhangadhi

डिएसपी किशोर लम्सालका अनुसार झडपका क्रममा पाँच वटा मोटरसाइकलमा क्षति पुगेको छ भने दुई वटा बिरयानी हाउसमा तोडफोड भएको छ। सुरक्षाका लागि नेपाली सेना समेत परिचालन गरिएको छ।

Attariya Hospital

शनिबार दिउँसो १२ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ। हाल अवस्था सामान्यतर्फ उन्मुख भएको जनाइएको छ। तनाव अन्त्य गर्न हिन्दू र मुस्लिम समुदायका प्रतिनिधिहरूलाई बोलाएर वार्ता चलिरहेको पनि प्रहरीले जनाएको छ।

nawajiwan