
कोशी प्रदेशसहित देशका पहाडी भूभागमा हाल आंशिक बदली रहेको छ भने बाँकी अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कोशी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशमा मुख्यतः स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेको महाशाखाले जानकारी दिएको छ।



















