
अत्तरिया : धनगढीमा सम्पन्न टीम ईलाभेन संस्कार सिनियर क्रिकेट प्रतियोगिताको उपाधि नारायण स्पोर्ट क्लव कञ्चनपुरले जितेको छ ।

जितसंगै नारायण स्पोर्ट क्लवले नगद १ लाख ११ हजार १ सय ११ सहित आकर्षक ट्रफि हात पारेको छ । उप विजेतामा चित्त बुझाएको युथ अफ टीकापुरले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफि प्राप्त गरेको छ ।
मंगलबार सम्मपन्न पाईनल खेलमा युथ अफ टीकापुरलाई ५ विकेटले पराजीग गर्दै नारायणले उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सवै विकेट गुमाउदै ७८ रनमा समेटिएको थियो ।

युथ अफ टीकापुरका लागि सुदिप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निरासाजनक रह्यो । टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान ३÷३ विकेट लगे ।

७९ रनको लक्ष्य नारायण स्पोर्ट क्लवले १२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्यो । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले ।
बलिङ् तर्फ युथ अफ टीकापुरका सागर रावलले ३ विकेट लगेका थिए । संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा चैत ३० गते देखि सुरू भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ टोली सहभागी रहेका थिए ।
प्रतियोगिताको वेष्ट ब्याट्स म्यान नारायण स्पोर्का सुमित बुढाल भए । त्यसैगरी वेष्ट बवल उत्तर त्रसुलका अनुप छेडाल घोषित हुँदा संस्कार विद्याश्रमका कप्तान रावल ईमर्जिङ प्लेयर बनेका छन् ।




























