
आगामी मे महिनामा थाइल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ सदस्यीय नेपाली महिला राष्ट्रिय टोली घोषणा गरेको छ। टोलीको कप्तानी इन्दू बर्माले सम्हाल्नेछिन् भने पूजा महतो उपकप्तानको भूमिकामा रहनेछिन्। यसअघि उपकप्तानको जिम्मेवारीमा रहेकी बिन्दु रावल यसपटक सामान्य सदस्यका रूपमा टोलीमा समावेश भएकी छन्।


एसिया छनोटमा नेपालसहित नौ टोली सहभागी हुनेछन्। नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ उसको प्रतिस्पर्धा हङकङ र बहराइनसँग हुनेछ। समूह विजेताले अन्तिम चरणमा स्थान बनाउनेछ। फाइनल चरणमा तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसबाट शीर्ष दुई टोलीले विश्व छनोटमा स्थान बनाउनेछन्।
विश्व छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्, जसबाट चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपका लागि छनोट हुनेछन्।
नेपाली टोली:
-
इन्दू बर्मा (कप्तान)
-
पूजा महतो (उपकप्तान)
-
रुबिना क्षेत्री
-
बिन्दु रावल
-
राजमती ऐरी
-
मनीषा उपाध्याय
-
कविता जोशी
-
रुबी पोद्दार (विकेटकिपर)
-
सबनम राई
-
रिया शर्मा
-
सम्झना खड्का
-
रोमा थापा (विकेटकिपर)
-
ईश्वरी बिस्ट





























