छोराको जीवन बचाउन ६५ वर्षीय भोजको मार्मिक अपिल

Image
Nisarga Hospital

प्रेम सिंह बिस्ट/ अत्तरियाः जीवन चक्र निरन्तर घुमिरहेको देखिन्छ, तर यसको भित्री कथा सुन्दा जो कोहीलाई हृदय चिर्ने पीडा हुन्छ। यस्तै कथा बोकेका छन् गोदावरी नगरपालिका–१, चैतन्यपुरका ६५ वर्षीय भोजराज भट्ट। बिहानै श्रीमतीले पकाएको एक गिलास चिया पिएर, स्टीलको सानो थाल बोकी अत्तरियाको बसपार्क पुग्ने र त्यहाँ काँक्रा, फलफूल, पानीका बोतल र मकै बेचेर गुजारा चलाइरहेका छन् उनी।

CP Hospital Dhangadhi

भट्टको संघर्ष बिहान सबेरै सुरु हुन्छ। सबैभन्दा पहिले बसपार्कमा पुगेर विभिन्न गाडीहरूमा काँक्रा चिरा पारेर राख्ने र बेच्ने उनको मुख्य दैनिकी हो। दिनभर मेहनतपछि प्राप्त सानो आम्दानीबाट घरको तेल, नून र बच्चाहरूका लागि कापी–कलम किनेर गुजारा चलाइरहेका छन्।

तर अहिले, भोजराजको जीवनमा अर्को ठूलो संकट आइपरेको छ। उनका २३ वर्षीय जेठा छोरा शिवराज भट्ट घाँटीको रोगले पीडित छन्। भारत रोजगारीका लागि गएका शिवराज जब घर फर्किए, उनीसँगै एक बज्रपातको संकट पनि फर्कियो। पहिलोपटक अप्रेसन गर्दा भोजराजले आफन्त र इष्टमित्रबाट सहयोग जुटाएर ज्यान जोगाएका थिए। तर, दोस्रो अप्रेसन कसरी गर्ने भन्ने चिन्ताले अहिले उनलाई सताइरहेको छ।

nawajiwan

“म त दिनभर काँक्रा बेचेर नूनतेल जोहो गर्ने मान्छे। अब छोराको उपचार कसरी गर्ने ?” भट्टले आँखामा आँसु पारेर आफ्नो पीडा पोखे। आफ्नो दुखेसो सुनाउँदै उनले थपे, “दैवले गरिब र टुहुरामाथि पनि कहिलेकाहीँ यस्तो बज्रपात गर्दो रहेछ,उनले भने।”

Attariya Hospital

भोजराज भट्टको आम्दानी अहिले पनि बसपार्कमा फलफूल बेचेर मात्र चलिरहेको छ। सामान्य दैनिक खर्च पनि धान्न कठिन भइरहेको बेला महँगो घाँटीको रोगले उपचार सम्भव छैन। आफ्ना छोराको ज्यान जोगाउन उनले स्थानीय सरकार, समाजसेवी र सबै दयालु मन भएका व्यक्तिहरू समक्ष भावुक अपिल गरेका छन्।

छोराको उपचारका लागि आवश्यक सहयोग जुटाउने आशामा भोजराज अहिले दिनरात गुहारिरहेका छन्। उनले भने, “मेरो छोरा बचाइदिनुहोस्, म सबै भगवान रुपी दाजुभाइ र दिदीबहिनीहरूमा आशा राखेको छु।”

अत्तरियाको बसपार्क भोजराज भट्टको जीवन संघर्षको साक्षी बनेको छ, जहाँ उनको प्रत्येक चहलपहल छोराको जीवन बचाउने एक प्रयास बनिरहेको छ। भोजराज र उनको परिवार अहिले सहयोगका हातहरू प्रतीक्षारत छन्, ताकि शिवराजको जीवनमा फेरि उज्यालो फर्किन सकोस्। भनेर बुवा दिनरात सबैसँग सरोकारवालासँग गरिबको आँखाको आँसु टारिदिनुहोस् भनेर भनिरहेका छन्।