कैलालीको जानकीमा मोटरसाईकल आपसमा ठोक्किदा चालकको मृत्यु, ३ जना घाइते

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जानकी गाउँपालिका–३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधबार दिउँसो से ५ प२६६० र सुपप्र ०१०१२ प ८०७५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से ५ प २५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।

Attariya Hospital

अर्का मोटरसाईकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

nawajiwan