हेटौँडामा सडकले निल्यो बोलेरो! तीन दिन बित्दा पनि अत्तोपत्तो छैन

Image
Nisarga Hospital

हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार भासिएको सडकसँगै बेपत्ता भएको बोलेरो गाडी (ना.४च ४८३३) अझै फेला परेको छैन। माछा बोकेको सिंगल क्याप बोलेरो गाडी तीन दिन बित्दा पनि जमिनमुनि कहाँ गयो भन्ने पत्ता लाग्न सकेको छैन।

CP Hospital Dhangadhi

प्रत्यक्षदर्शीका अनुसार घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा रोकिराखिएको थियो। अचानक अगाडिको पांग्रा भासिन थालेपछि निकाल्ने प्रयास भइरहँदा सडक एकाएक भासिएर गाडी पुरै गहिरो दहमा समाहित भयो। गाडीका चालक हरेराम राई र सहचालक समयमै बाहिर निस्कन सफल भएका थिए।

प्रहरीका अनुसार गाडी भासिएको स्थानमा वरपर पाँचवटा माछा पोखरी र बोरिङ रहेका छन्, जसले भू–सन्तुलनमा असर गरेको हुन सक्ने अनुमान गरिएको छ। गाडीधनी र व्यवसायी हरेराम राईका अनुसार गाडी भासिएको पाँच सेकेन्डमै जमिनमुनि हरायो।

nawajiwan
Attariya Hospital

विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकले खानी तथा भूगर्भ विभागलाई अनुसन्धानका लागि टोली पठाउन आग्रह गरिसकेको छ। तत्काल गाडी खोज्ने कार्य रोकिएको र थप क्षति नहोस् भनेर सावधानी अपनाइएको जनाइएको छ।

स्थानियवासी र विज्ञहरूले बोरिङ प्रणालीले जमिन कमजोर बनाएको हुन सक्ने आशंका गरेका छन्। अबको ध्यान भू–गर्भीय जोखिम अध्ययनतर्फ केन्द्रित गरिएको छ।