
काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरी जवानलाई सार्वजनिक रूपमा चड्कन हानेको भिडियो बाहिरिएपछि प्रहरी प्रशासनले आन्तरिक छानबिन सुरु गरेको छ ।

उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथले घटनाबारे अनुसन्धान अघि बढाएको हो । एसएसपी विनोद घिमिरेका अनुसार भिडियोमा देखिएका इन्स्पेक्टरलाई स्पष्टीकरणका लागि बोलाइएको छ ।

कुटपिटमा संलग्न दुवै प्रहरी अहिले पनि नागढुंगामै कार्यरत छन् । भिडियो हालसालैको देखिए पनि त्यसको मिति पुष्टि भइसकेको छैन ।






























