
बझाङ: थलारा गाउँपालिका वडा नम्बर ४ कि चन्द्रा देवि बोहरालाई साठी बर्ष पुग्यो । १२ जनाको परिवार रहेको भए पनि चन्द्रा देवि बोहराको मासिक आन्दानि १२ हजार पुग्छ । १२ हजार रुपैया नगद मासिक रुपमा उहाँले बुझ्नु हुन्छ । उक्त आम्दानीको मुख्य स्रोत उनकै घर नजीकै रहेको करेसाबारीमा हो । करेसाबारीमा उत्पादन गरेको हरियो तरकारी बाट मात्रै उनले यसरी आम्दानी गर्ने गरेको बताईन् । नजीकै रहेको स्थानीय बजारमा पनि उनले तरकारी विक्री गर्दै आउनु भएको छ । मासिक रुपमा बोहराले विद्यालयमा र बजार तथा गाउँमा गरेर न्युनतम १५ हजार आम्दानी गर्ने गरेको बताईन् ।

उमेरले ६० बर्ष पुग्नु भएको भएपनी उनलाई दिनचार्य गर्न निकै सजिलो भएको छ । केहि बर्ष अघि देखी विद्यालयमा तयारी बनेर आउने गरेको दिवा खाजा संचालनमा हुँदा घरमा नै बस्नु पर्ने परिस्थिती बनेको थियो । नजीकै बजार थिएन । करेसाबारीमा उत्पादन भएको तरकारी जती भए पनि निशुल्क रुपकमा छिमेकीहरु र ईष्टमित्रहरुलाई दिनु पर्ने अवस्था थियो । गाउँमा बजार नभएका कारण तरकारी ब्यावसाय गरेर कुनै पनि उपलब्धी नभएको बोहराले बताईन् । उनले भनिन्,‘गाउँमा तरकारी विक्री हुदैन थियो । कहिले काँहि गाउँ नजीकै रहेको होमस्टे बालाले लिनु हुन्थ्यो । त्यो पनि निकै सस्तो मुल्यमा विक्री गरेर फकीृनु पर्ने बाध्यता थियो ।

गाउँ बाट बजार सम्म पुग्न एक दिनको पैदल यात्रा गर्नु पथ्र्यो । दनभर एक भारी तरकारी लिएर छिमेकी गाउँपालिका केदार स्यूँको देउरामा पुग्यो । कहिले भनेजस्तो मुल्य नपाईने , कहिले कसैले पनि खरिद गर्न नमान्ने, सस्तोमा विक्री गरेर घर फर्कनु पर्ने जस्ता हजारौ समस्याहरु थिए । अहिले स्थानीय उत्यादनमा आधारीत विद्यालय दिवाखाजा कार्यक्रम अन्तरगत साना किसानहरुले उत्पादन गरेको तरकारी नजीकैको सामुदायिक विद्यालयहरुलाई विक्री गर्ने पद्धती बसालेपछी आफुहरुलाई निकै सजिलो भएको बताईन् । यो कार्यक्रम बाट म मात्रै नभएर म जस्ता हजारौ साना किसानहरुलाई निकै ठुलो राहात पुगेको छ । कतिपय साना किसानहरुको त यो कार्यक्रम एकउटा बाँच्ने माद्याम पनि बनेको छ । जिल्लामा रहेको ४ सय ४५ वटा सामुदायिक विद्यालयहरुमा हरेक दिन करेसाबारीको ताजा हरियो तरकारी पुग्ने गरेको छ ।

मलाई मात्रै नभएर धेरै जस्ता साना किसानको मुख्य आम्दानिको स्रोत यो कार्यक्रम बन्न पुगेको चन्द्रा देवि बोहराले बताईन् । विद्यालयले तरकारी नलिएको समयमा घरमा नै दिन काट्न मुस्किल हुने गरेको थियो । म जस्ता धेरै बुढा पाकाहरु पनि घरमा नै बसेर दिन गुजार्नु पर्ने हुन्थ्यो । अहिले घर नजीकैको बारीमा तरकारी लगाएको छ । प्रत्यक दिन नजीकै रहेको त्रिभुवन मावि महेन्द्रधारमना अनिवार्य रुपमा १२ किलोग्राम तरकारी पुर्याएकै हुनु पर्छ । जसका कारणले करेसाबारीमा गएर तरकारी गोडमेल गर्नु पर्ने हुन्छ । म मात्रै नभएर मेरा श्रीमानले पनि मलाई सहयोग गर्नु हुन्छ । घरमा भएको समयमा छोरा बुहारीहरु पनि सहयोग गरी रहनु हुन्छ । यसले गर्दा खाली बसी रहनु नपर्ने, अहिले घरमै बसेर भएपनि हात खुट्टा चलाई राख्नु पर्ने भएका कारण आफ्नो शरिरलाई पनि निकै फाईदा पुगेको उनले दाबि गरीन्’।
स्थानीय उत्पादनमा आधारीत विद्यालय दिवा खाजा कार्यक्रम विश्व खाद्य कार्यक्रम (ध्ँएब्) मर्सिकोर नेपाल,बहुउदेश्यीय विकास समाज( ःएम्क्) र थलारा गाउँपालिकाको संयुक्त साझेदारीमा संचालित कार्यक्रम रहेको बहुउदेश्यीय विकास समाज बझाङका परियोजना संयोजक शिवराज उपाध्यायले बताए । उनले ‘यो कार्यक्रमले विद्यालय उमेर समुहका स साना वालबालिकाहरुको पोषणमा सुधार र साना कृषकहरुको आय स्तरमा समेत बृद्धी गरेको बताए । यो कार्यक्रमले अभिभावक र शिक्ष विद्यार्थिहरुलाई जोडेको बताए । यो कार्यक्रम बझाङ जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा लागु भएको छ । बाल कक्षा देखी कक्षा ८ मा अध्यान गर्ने वालबालिकाहरुले दैनिक रुपमा प्रति विद्यार्थिलाई ४० ग्राम तरकारी, २० ग्राम दाल, ८० ग्राम चामल, १० ग्राम तेल र नुन २ ग्रामका दरले उपलब्ध गराउने गरेका जानकारी दिए ।
आफ्नै गाउँघरमा उत्पादन गरेको ताजा तरकारी मात्रै एकै दिनमो २ हजार ४२ किलोग्राम सबै सामुदायीक विद्यालयहरुमा विक्री गर्ने गरेको उपाध्यायले बताए ।
यस कार्यक्रमले विद्यालय स्वास्थ्य र पोषण सेवाहरुको उपब्धता, पहुँच र प्रयोगलाई सबै लक्षीत विद्यार्थीहरु सम्म पुग्ने, क्षमता बढाउने र सुधार गर्ने , खाद्य स्वच्छता सहित सरसफाई सेवाहरुको पहुँच र प्रयोगको माध्यम बाट स्वास्थ्य विद्यालयको बातावरण सुधार गर्ने लक्ष्य रहेको जानकारी दिए । शिक्षा र व्यवहार परिर्वतन संचार मार्फत स्वस्थ व्यावहार र बानी सुधार गर्ने, प्रणाली र कार्यान्वयनलाई बलियो बनाउने कार्य गर्दै गएको उपाध्यायले बताए । उनले विद्यालय स्वास्थ्य कार्यक्रमको समग्र लक्ष्य विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शाररीक, मानसिक,भाबनात्मक र शैक्षिक विकास गर्ने तरीकाले काम गरी रहेको बताए’ ।



































