नेपालले बहराइनलाई हराउँदै सुपर–३ को आशा कायम राख्यो

Image
Nisarga Hospital

आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटअन्तर्गत बिहीबार थाइल्यान्डमा भएको खेलमा नेपालले बहराइनलाई डकवर्थ–लुइस नियमअनुसार ६ विकेटले पराजित गरेको छ।

CP Hospital Dhangadhi

टस जितेर ब्याटिङ गरेको बहराइनले वर्षाले प्रभावित खेलमा १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनायो। त्यसपछि डकवर्थ–लुइस अनुसार नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइयो, जुन उसले ५.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

कप्तान इन्दू वर्माले ७ बलमा २४ अविजित रन (१ छक्का, ४ चौका) बनाई टोलीलाई जित दिलाइन्। पूजाले १३ रन बनाइन् भने सम्झना, रुवी र कविता क्रमशः ५, १ र ० रनमा आउट भए। नेपालले अतिरिक्त ९ रन पायो। बहराइनकी पविथ्राले ३ विकेट लिइन्।

nawajiwan
Attariya Hospital

बहराइनका लागि रसिका रोड्रिगोले २४, कप्तान दिपिकाले २३ र थारंगाले १२ रन बनाएकी थिइन्। टोलीले अतिरिक्त १२ रन जोड्यो।

चार खेलबाट ५ अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा पुगेको छ। अब अन्तिम खेलमा हङ्कङ पराजित भए नेपाल सुपर–३ मा पुग्नेछ, अन्यथा बाहिरिनेछ। तीन खेलबाट ४ अंकसहित हङ्कङ दोस्रो स्थानमा छ।

सुपर–३ मा प्रत्येक समूहका विजेता टोलीबीच प्रतिस्पर्धा हुनेछ। त्यसमध्ये शीर्ष दुई टोलीले आगामी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।

Advertize US