६ महिनापछि अछाम र बझाङमा समिट एयरको नियमित उडान पुनः सुरु हुँदै

Image
Nisarga Hospital

अछाम र बझाङ जिल्लामा छ महिनादेखि रोकिएको हवाई सेवा पुनः सुरु हुने भएको छ। समिट एयरले यो जेठ १९ गतेदेखि धनगढी–अछाम–बझाङ मार्गमा नियमित उडान सुचारु गर्ने जनाएको छ।

CP Hospital Dhangadhi

अछाममा समिट एयरका प्रतिनिधि टंक कुँवरका अनुसार अबदेखि हप्तामा दुई दिन – सोमवार र बिहीवार – नियमित उडान सञ्चालन गरिनेछ।
उनका अनुसार:

सोमवार (जेठ १९) मा धनगढी–अछाम–नेपालगञ्ज रुटमा उडान हुनेछ।

nawajiwan

बिहीवार (जेठ २२) मा धनगढी–अछाम–धनगढी रुटमा सेवा सञ्चालन हुनेछ।

Attariya Hospital

समिट एयरले यस मार्गका लागि धनगढी–अछाम र अछाम–नेपालगञ्जको भाडादर ४,५०० रुपैयाँ तोकेको छ।

उडानसम्बन्धी थप जानकारी वा समन्वयका लागि समिट एयरका अछाम प्रतिनिधि टंक कुँवरलाई ९७४१७८४३९८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

गएको दशैंपछि स्थगित भएको सेवा पुनः सुरु हुन लागेसँगै अछाम र बझाङका यात्रुहरूलाई अब हवाई यात्रामा सहजता मिल्ने अपेक्षा गरिएको छ।