आजका लागि पश्चिमी वायुको प्रभाव बढ्दै देशभर चट्याङसहित वर्षा र हिमपातको सम्भावना, महाशाखाको उच्च सतर्कता आग्रह

Image
Nisarga Hospital

हाल देशभरि पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा व्यापक परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

यस प्रणालीको प्रभावले देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा मुख्यतः सफा या आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार, मनसुन हाल अरब सागरको मध्य भाग, महाराष्ट्रका केही भूभाग, मुम्बई, कर्नाटक, तमिलनाडुको बाँकी भूभाग, तेलाङ्गना, आन्ध्र प्रदेश, उत्तरपूर्व भारतका विभिन्न राज्यहरू (त्रिपुरा, मणिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, आसाम, मेघालय) मा फैलिइसकेको छ। मनसुन बङ्गालको खाडी, पश्चिम बङ्गाल र सिक्किमतर्फ विस्तार भइरहेको छ।

nawajiwan
Attariya Hospital

आजको मौसम पूर्वानुमान:
दिउँसो:
लुम्बिनी प्रदेशलगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा आंशिक बदलीदेखि सफा मौसम।
पहाडी भेगका थोरै स्थानहरू तथा अन्य एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना।

राति:
बागमती, गण्डकी प्रदेश र अन्य पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना।
हिमाली क्षेत्रमा वर्षासहित हिमपातको संभावना कायमै।

महाशाखाको आग्रह:
चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष आग्रह गरेको छ।