
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी पत्नी विमला महतको ६० वर्षको उमेरमा निधन भएको छ।

शनिबार राति १२ः४५ बजे महतको निधन भएको पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। फेसबुकमा भावुक हुँदै पण्डितले लेखेका छन्, “मेरो जीवन संगिनी विमला महतले १२ः४५ मा मलाई एक्लो बनाइन्।”

महत लामो समयदेखि मांशपेसीसम्बन्धी दुर्लभ रोगबाट पीडित थिइन्। विगत एक वर्षदेखि पूर्वमन्त्री पण्डित स्वयं उनको स्याहारमा संलग्न थिए।

महतको निधनप्रति विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तकहरूले श्रद्धाञ्जलि व्यक्त गर्दै पण्डित परिवारप्रति समवेदना प्रकट गरेका छन्।




























