देशभर मौसमी चेतावनी: चट्याङसहितको वर्षा सँगै उच्च पहाडी भेगमा हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशभर अहिले पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस प्रभावका कारण लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

शुक्रबार दिनभर कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखिनेछ। तर, कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरू तथा अन्य भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

Attariya Hospital

यस्तै, कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ, जसले बाढी–पहिरोको जोखिम बढाउन सक्ने देखिन्छ। साथै, कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको अनुमान छ।

nawajiwan

शुक्रबार रातिसमेत देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य क्षेत्रमा सफा रहनेछ। जलवायुको यो परिवर्तित अवस्थालाई मध्यनजर गर्दै सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

# ट्रेण्डिङ