आईपिएल क्रिकेटमा क्वालिफायर-२ मा मुम्बई र पञ्जाबको टक्कर : हार्ने घर, जित्ने फाइनल

Image
Nisarga Hospital

आईपिएल २०२५ को क्वालिफायर-२ अन्तर्गत आज मुम्बई इन्डियन्स (MI) र पञ्जाब किंग्स (PBKS) अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भिड्नेछन्। खेल भारतीय समय अनुसार साँझ ७:३० बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

यो खेल निर्णायक छ—जसले जित्छ, उसले जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग उपाधिका लागि भिड्नेछ। क्वालिफायर-१ जितेर आरसीबी फाइनल पुगिसकेको छ भने मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई पराजित गरी क्वालिफायर-२ मा स्थान बनाएको हो।

Attariya Hospital

मुम्बई र पञ्जाबबीच प्लेअफमा यो पहिलो भिडन्त हो। पछिल्लो खेलमा पञ्जाबले मुम्बईलाई ७ विकेटले हराएको थियो। कुल ३३ खेलको इतिहासमा मुम्बईले १७ जित्दा पञ्जाबले १६ पटक बाजी मारेको छ। अहमदाबादको मैदानमा भने यी टोली पहिलोपटक आमनेसामने हुँदैछन्।

nawajiwan

# ट्रेण्डिङ