आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाललाई २२५ रनको लक्ष्य

Image
Nisarga Hospital

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डको डुन्डीमा जारी खेलमा नेदरल्याण्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो।

CP Hospital Dhangadhi

नेदरल्याण्ड्सका लागि नोआह क्रोएसले ४८, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र रोलफ भान डर मर्वेले २१ रन बनाए। सुरुवाती चरणमै २ विकेट गुमाएपछि सिंह र एड्वार्ड्सले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। त्यसपछि क्रोएस र मर्वेले ५० रनको साझेदारी गर्दै टोलीलाई चुनौतीपूर्ण स्कोरमा पुर्‍याए।

Attariya Hospital

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए।

nawajiwan

नेपालले सोमबारको खेलमा स्कटल्याण्डलाई हराइसकेको छ। सुरुवाती ११ मा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल लगायत छन्।

Advertize US