नेपाल र वेस्ट इन्डिजबीच पहिलोपटक टी-२० सिरिज, शारजाहमा हुनेछ तीन खेल

Image
Nisarga Hospital

नेपाली क्रिकेटमा अर्को ऐतिहासिक अध्याय कोर्न तयारी हुँदैछ। नेपाल र दुईपटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजबीच पहिलोपटक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ।

CP Hospital Dhangadhi

नेपाल क्रिकेट संघ (क्यान) को संयोजनमा हुन लागेको यो बहुप्रतीक्षित सिरिज सन् २०२५ सेप्टेम्बर २७, २८ र ३० मा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट मैदानमा खेलिने छ।

क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्डप्रति गहिरो आभार व्यक्त गर्दै क्रिकेट विकासमा यस्तो सहकार्यले ठूला राष्ट्रहरूसँगको प्रतिस्पर्धाबाट नेपालजस्ता उदाउँदा देशहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। साथै, टी-२० विश्वकप छनोट प्रतियोगिता अगाडि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्ने राम्रो अवसर पनि हुने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

यस ऐतिहासिक सिरिजका लागि एमिरेट्स क्रिकेट बोर्डलाई पनि सहकार्यका लागि धन्यवाद दिइएको छ।


खेल तालिका:

  • पहिलो टी-२०: सेप्टेम्बर २७, २०२५

  • दोस्रो टी-२०: सेप्टेम्बर २८, २०२५

  • तेस्रो टी-२०: सेप्टेम्बर ३०, २०२५