सुदूरपश्चिममा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भएको छ। जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा शनिबार आयोजित उक्त कार्यक्रमले चलचित्र क्षेत्र र समाजबीचको सम्बन्धबारे गहन छलफल गरेको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा डोटीको जोरायल गाउँपालिका अध्यक्ष तथा सुदूरपश्चिम गाउँपालिका संघका अध्यक्ष दुर्गादत्त ओझा प्रमुख अतिथि थिए। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, विद्यार्थी, दर्शक र कलाकारहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

Attariya Hospital

अभिनेता पुष्प खड्का, अभिनेत्री उपासना सिंह ठकुरी, डेउडा गायक नरेन्द्रराज रेग्मीलगायत कलाकारहरूको उपस्थिति रहेको कार्यक्रममा नेपाली चलचित्र निर्माण, यसको सन्देश, सामाजिक प्रभाव, बजारमा देखिएका चुनौतीहरू तथा सिनेमा र समाजबीचको अन्तरसम्बन्धबारे विचार–विमर्श गरिएको थियो।

nawajiwan

कार्यक्रमको उद्देश्य सुदूरपश्चिमका स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै पर्यटन प्रवर्द्धन, नेपाली सिनेमा र संस्कृति विस्तारमा योगदान पुर्‍याउनु रहेको आयोजकले बताएका छन्। सिनेमा संवाद कार्यक्रमले क्षेत्रीय कला र सिने उद्योगलाई सशक्त बनाउने आशा गरिएको छ।