उद्योग, वन र पर्यटन क्षेत्रमा सुदूरपश्चिम सरकारले दुई अर्ब ३८ करोड बजेट विनियोजन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि उद्योग, वन तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै दुई अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

CP Hospital Dhangadhi

आईतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले उक्त क्षेत्रका लागि दुई अर्ब ३४ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। ती क्षेत्रहरू प्रदेशको आर्थिक विकासको आधार भएको उल्लेख गर्दै मन्त्री थापाले पूर्वाधार, रोजगारी सिर्जना, वन संरक्षण तथा पर्यटन प्रवर्द्धनमा बजेट खर्च गरिने बताए।

Attariya Hospital

उद्योग प्रवर्द्धन, लघु तथा घरेलु उद्यममा सहुलियत, पर्यटन सम्भावना भएका स्थानहरूको विकास तथा वन क्षेत्रको वैज्ञानिक व्यवस्थापनमा ध्यान दिइने जनाइएको छ। प्रदेश सरकारले निजी क्षेत्रको सहभागिता बढाउँदै आर्थिक विकासमा योगदान पुर्‍याउने रणनीति लिएको छ।

nawajiwan
Advertize US