नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित, सिरिज उपविजेता

Image
Nisarga Hospital

टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको छ। शुक्रबार ग्लास्गोमा १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमै समेटियो।

CP Hospital Dhangadhi

कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, आरिफ शेख र लोकेश बम सस्तोमा आउट भएपछि नेपाल दबाबमा पर्‍यो। कप्तान रोहित पौडेलले २७ रन र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। अन्त्यमा रुपेश सिंहले नटआउट ४३ रन बनाए पनि जित दिलाउन सकेनन्।

Attariya Hospital

चार खेलको सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले समान दुई जित र दुई हार गरे। रनरेटका आधारमा स्कटल्यान्ड पहिलो, नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए।

nawajiwan