मुगु जिल्लामा ४.८ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

Image
Nisarga Hospital

आइतबार दिउँसो मुगु जिल्ला केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु मुगुको जिमा क्षेत्रमा रहेको हो।

CP Hospital Dhangadhi

केन्द्रले जनाएअनुसार दिउँसो २ बजेर ३४ मिनेट जाँदा भूकम्प गएको हो। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आइनसकेको जनाइएको छ।

Attariya Hospital

भूकम्पको धक्का आसपासका पहाडी जिल्लामा पनि महसुस गरिएको जनाइएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सतर्क रहन अनुरोध गरिएको छ।

nawajiwan