
अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ सिद्धेश्वर निवासी तथा हाल काठमाडौं अनामनगर बसोबास गर्दै आएका जगत बहादुर कुँवर आज बिहानदेखि सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार उहाँ आज बिहान ५ बजे बिहानको हिँडाइ (मोर्निङ वाक) का लागि घरबाट निस्कनु भएको थियो। तर दिउँसोसम्म पनि उहाँ घर नफर्किएको र मोबाइल सम्पर्कसमेत हुन नसकेकोले परिवारले चिन्ता व्यक्त गरेको छ।

परिवारका सदस्य युवराज कुँवरले सर्वसाधारणलाई सहयोगका लागि आग्रह गर्दै भन्नुभयो, “बुबा नियमित बिहान वाकमा जानुहुन्छ। तर आजको दिनभरि पनि उहाँको कुनै अत्तोपत्तो छैन। देख्नुभएका वा जानकारी हुने व्यक्तिले तत्काल सम्पर्क गरिदिनुहोस्।”

कुँवरको खोजीमा परिवार आफन्त र स्थानीयले प्रयास गरिरहेका छन्। उहाँको खोजीमा सहयोग गर्न इच्छुक महानुभावले 9858055330 वा 9864382465 मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
































