
एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय लिएको छ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै अपराजित रूपमा सेमिफाइनल पुगेको हो। उसले समूह चरणमा:
सिंगापुरमाथि ६ विकेटको जित

जापानमाथि ९ विकेटको जित
इन्डोनेसियाविरुद्ध ३७० रनको जित
भुटानविरुद्ध २९८ रनको जित निकालेको थियो।

उता, मलेसिया समूह ‘बी’को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो।
📌 आजको सेमिफाइनल:
नेपाल 🆚 मलेसिया
स्थान: सेलान्गोर टर्फ क्लब, मलेसिया
नेपालले टस जितेर बलिङ गरिरहेको छ
यस्तै, दोस्रो सेमिफाइनलमा आजै हङकङ (समूह बी विजेता) र सिंगापुर (समूह ए उपविजेता) भिड्दै छन्।
📅 फाइनल मिति: असार २१ गते (जुलाई ५), मलेसियामा
⚔ तेस्रो स्थानका लागि पराजित टिमबीच प्रतिस्पर्धा हुनेछ।































