समयमै बिहे गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्नुस् : प्रधानमन्त्री ओली

Image
Nisarga Hospital

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको सन्तुलित वृद्धि नहुँदा मानव अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। उनले युवाहरूलाई समयमा विवाह गरी सन्तान उत्पादनमा लाग्न आह्वान गर्दै जनसंख्यालाई विकाससँग सन्तुलनमा लैजानुपर्नेमा जोड दिएका छन्।

CP Hospital Dhangadhi

विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, “यदि जनसंख्या नै हुँदैनथ्यो भने देश पनि हुने थिएन। मानिस भएकाले धर्तीको अर्थ छ। मानव अस्तित्व र सुखद जीवनका लागि उपयुक्त नीति र समयमै कदम आवश्यक छ।”

मानव जातिलाई सृष्टिको सबैभन्दा मूल्यवान प्राणी बताउँदै उनले हिंसा र युद्धको मार्ग त्याग्न आग्रह गरे। “कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्ने धन्दा बन्द गरौं,” प्रधानमन्त्री ओलीले भने, “जनसंख्याबारे गोष्ठी गर्ने र अर्कोतिर आमविनाशका हतियार बनाउने काम एकसाथ चल्ने हो भने मानव अस्तित्व संकटमा पर्छ।”

nawajiwan
Attariya Hospital

सरकारले विवाहका लागि कानुनी उमेर २० वर्ष तोकेको स्मरण गराउँदै उनले विलम्ब नगरी पारिवारिक जीवन सुरु गर्न सुझाव दिए। “४० कटेपछि रमाउँला भन्ने गीतमा नअलमलिनू,” उनले भने, “३० वर्षभित्र तीन सन्तान पाइसक्नू।”

‘सन्ताले डाँडाकाँडा ढाकून्’ भन्ने भनाइको अतिरञ्जनाले कतिपय जोडी सन्तानै नपाउने अवस्थासम्म पुगेकोमा उनले चिन्ता व्यक्त गरे। विकसित मुलुकहरूमा जनसंख्या ऋणात्मक हुँदै गएका उदाहरण उल्लेख गर्दै उनले नेपालले समयमै जनसंख्याको सन्तुलनमा ध्यान दिन आवश्यक रहेको बताए।