आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

Image
Nisarga Hospital

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ। उनले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा भावानुवाद गरी नेपाली भाषा, साहित्य र संस्कृतिमा ऐतिहासिक योगदान दिएका हुन्। भानुभक्तको रामायण आज पनि नेपाली घरघरमा लय हालेर पाठ गरिन्छ।

CP Hospital Dhangadhi

भानुभक्तले ‘वधुशिक्षा’, ‘रामगीता’, ‘भक्तमाला’ लगायतका कृति लेखेका छन्। सरकारी कार्यालयमा हुने ढिलासुस्तीविरुद्ध उनको कविता “भोलिभोलि भन्दैमा सब घर बितिगो…” चर्चित छ। त्रिभुवन विश्वविद्यालयमा भानुभक्तबारे थुप्रै शोधकार्य भएका छन्।

Attariya Hospital

काठमाडौँको रानीपोखरीस्थित भानुभक्तको प्रतिमामा माल्यार्पणसहित प्रभातफेरी आयोजना गरिएको छ। भारत, भुटान, बर्मालगायत नेपाली भाषी क्षेत्रहरूमा पनि भानु जयन्ती मनाइँदैछ। काठमाडौँमा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम हुँदैछ।

nawajiwan

समालोचकहरूका अनुसार रामायणलाई नेपाली लोकलयमा रूपान्तरण गरी भाषिक एकताको जग बसाल्ने भएकाले भानुभक्तलाई आदिकवि भन्ने विषय न्यायोचित छ। उनको निधन वि.सं. १९२५ असोजमा भएको थियो।