२० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

Image
Nisarga Hospital

बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा सोमबार सम्पन्न २० वर्षमुनिको महिला च्याम्पियनशिपको दोस्रो खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग ३–२ ले पराजित भएको छ।

CP Hospital Dhangadhi

खेलको दोस्रो हाफमा प्रभावशाली पुनरागमन गर्दै नेपालले २–२ को बराबरी हासिल गरे पनि अन्तिम मिनेटमा बङ्गलादेशले निर्णायक गोल गरेपछि नेपाल पराजित हुन पुग्यो।

Attariya Hospital

चार राष्ट्र सहभागी डबल राउन्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले पराजित गरेको थियो। अब नेपालको तेस्रो खेल मंगलबार श्रीलङ्कासँग हुनेछ।

nawajiwan

उता बङ्गलादेशले श्रीलङ्कालाई ९–१ को फराकिलो अन्तरले पराजित गरिसकेको छ।