देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वमा केही उत्तरतर्फ रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली छ।

CP Hospital Dhangadhi

बागमतीका केही ठाउँमा र कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै भागमा र अन्य प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Attariya Hospital

कोशीका केही ठाउँमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ भने मधेस, बागमती, गण्डकी र लुम्बिनीमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ। उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी र मधेसका केही क्षेत्रमा हावाहुरी चल्नसक्ने जनाइएको छ।

nawajiwan

राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ। केही पहाडी र तराई क्षेत्रहरूमा चट्याङसहित वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, बाढी, पहिरोको जोखिमबाट सचेत रहन महाशाखाले अनुरोध गरेको छ।