आजका लागि देशभर भारी वर्षा सँगै डुबानको उच्च जोखिम, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर सरेपछि अधिकांश प्रदेशहरूमा मौसम बदली भएको छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार पनि यस्तै अवस्था कायम रहनेछ।

Attariya Hospital

कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न स्थानमा हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भेगमा वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ।

nawajiwan

महाशाखाले सम्भावित वर्षाले भू-क्षय, बाढी, डुबान, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने चेतावनी दिएको छ। ठूला–साना नदी तथा खोलामा पानीको बहाव तीव्र हुन सक्ने भएकाले जनसाधारण र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता र पूर्व तयारी गर्न अनुरोध गरिएको छ।