
फेरी उस्तै हुन्छ त्यो आभास हुनथाल्यो,
सङ्कैसङ्काको मन् निवास हुनथाल्यो।

दल्दलबाट निकाल्छौँ पर्छ ऊ खाडलमै,
योजना पनि अब त उपहास हुनथाल्यो।
आउ एकताका दरिला हात लिएर फेरी,
हाम्रो योजनाको सत्यानास हुनथाल्यो।

युवाहरू देशको तिम्रै काँधमा छ जिम्मा,
फेरी बृद्धी उस्तै जिउँदा लाश हुनथाल्यो।
कर्तव्यबाट पंक्षिन खोज्छन् औलाद र त,
खुसी आउँदाआउँदै वाइपास हुनथाल्यो।
यही हो जीवनको चक्र आउँछ सबैलाई,
सोंचेर यही कटौतीपनि खास हुनथाल्यो।
॥१॥
शब्दहरूसँग खेल्छु अधर बुझ्न बाँकिनै छ,
प्रहार गर्दा हुन्छ के खबर बुझ्न बाँकिनै छ।
देशको लागि रगत पोखे ती विर सहिदले,
हुन्छ हुँदैन उनको कदर बुझ्न बाँकिनै छ।
देशभक्तको भिरेर चोला खोकलो बनाए,
काँछ उन्कै गन्तव्य डगर बुझ्न बाँकिनै छ।
टिष्टा देखि सतलजसम्म यो विशाल भूमि,
टुक्राउने देश के थ्यो रहर बुझ्न बाँकिनै छ।
हिमाल पहाड र मधेशका सपुत फेरिपनि,
किन बने विदेशी चाकर बुझ्न बाँकिनै छ।
आँमाभन्दा सम्मानिय को हुनसक्छ यहाँ,
के पाए दालाली आफर बुझ्न बाँकिनै छ।
॥२॥
किन हो मानव समाजमा उपास हुनेगरी,
बनाउछन् कानुन देशमा तमास हुनेगरी।
कुन नेतालाई फेरी ऐयासी गर्नस लाग्यो,
वैधानिक बनेर समाजभित्र खास हुनेगरी।
विदेशीको दवाब त छंदै छ नुनको सोझो,
युवाहरू पनि बेचिएकै छन लाश हुनेगरी।
सफाई दिई गुन लगाउछन् अपराधिलाई,
नतमस्तक हुन्छन् नेताहरू दाश हुनेगरी।
महिलाहरूलाई सम्झिएनन् मानिस सरह,
बन्छन् कानुन् स्वभिमानको नाश हुनेगरी।
किन ल्याउछन समय समयमै उहि घाउ,
फेरी उस्तै यो अमानविय आभास हुनेगरी।
॥३॥

जसले भन्छन् जीवन अमूल्य हुन्छ,
किन उनैलाई यो धन अमूल्य हुन्छ।
देखिन्छ पैसैकालागी दाउमै राखेको,
उनलाई त आफ्नै मन अमूल्य हुन्छ।
प्राण दाउंमा राखि जनमाइन् आमाले,
छोरालाई आफ्नै परान अमूल्य हुन्छ।
कुनै कुनैमा इख हुनेरहिछ मानिस झैं,
जसलाई केवल कफन अमूल्य हुन्छ।
ठेक्का लिएका सेता काला ठुङ्गाको,
ठेकेदारलाई उत्खनन् अमूल्य हुन्छ।
जसले भन्छ म निस्वार्थ छु समाजमा,
उसैलाई सम्पत्ती झन अमूल्य हुन्छ।
॥४॥
कसुर भयपनि सत्ता साझेदार भए छुट्छन्,
मिल्दोजुल्दो आपसको बिचार भए छुट्छन्।
नियम कानुन बनाउने पनि छ ठेक्का उनैको,
कुट नीतिको राम्रो योजनाकार भए छुट्छन्।
गरिब मात्र हुन सिकार हुने उनिहरू सिकारी,
आसे पासे उनकै सच्चा औतार भए छुट्छन्।
खतराछ भने गरिबलाई मात्र हुन्छ बुझिराखौं,
धनीहरू त राजनीतिमा करार भए छुट्छन्।
नीति सिद्धान्त त आज कुहिराको काग भयो,
सिद्दान्तमा सौदा भए र व्यपार भए छुट्छन्।
ताकत छैन भने कुनै गलत काम नगर्नुहोला,
की पावर हुनु पर्यो कि खुँखार भए छुट्छन्।
॥५॥
नेताहरूको देशभित्र बक्वास उस्तै छ,
भन्छौ संसारमा हाम्रो उपहास उस्तै छ।
छैन आयश्रोत ऋण दिनानुदिन बड्दै,
जनताको सिरमा ऋणको रास उस्तै छ।
होनहार युवा कामको तलासमा खाडी,
यता बुढा बुढीको दुःख खास उस्तै छ।
सरकार पनि केटौले हवामा गर्छन कुरा,
सत्ताको लागि दलालका दाश उस्तै छ।
भन्छन् नयाँ नेपाल आफ्नै आँखा तोपी,
बाकसमा फर्किने युवाको लास उस्तै छ।
भन्छन् हामि देशभक्त हौँ र क्रान्तिकारी,
स्वार्थ त सबैको सबैभन्दा पास उस्तै छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























