अब १४ वर्ष नपुगेका विद्यार्थीले पनि एसईई दिन पाउने

Image
Nisarga Hospital

अब १४ वर्ष नपुगेका विद्यार्थीले पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने व्यवस्था गरिएको छ। सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन, २०७६ मा संशोधन गरी एकपटकका लागि व्यक्तिगत घटना विवरण सच्याउन सक्ने कानुनी व्यवस्था गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

हालसम्म १४ वर्ष नपुगेका विद्यार्थीलाई एसईईमा सहभागी हुन नपाउने प्रावधान थियो। यसले कलिलो उमेरमा माथिल्लो कक्षामा पुगेका धेरै विद्यार्थीलाई परीक्षा दिनबाट रोकिएको थियो। तर, यही साउन १८ गते राजपत्रमा प्रकाशित केही नेपाल ऐन संशोधनपछि अब यस्तो विद्यार्थीलाई जन्ममिति सच्याएर परीक्षा दिन पाउने बाटो खुलेको हो।

संशोधनअनुसार अब कक्षा १० मा अध्ययनरत र १४ वर्ष नपुगेका विद्यार्थीले आफ्नो जन्ममिति २०६८ चैत मसान्त वा सोअघि पर्ने गरी जन्मदर्ता बनाउन सक्नेछन्।

गत जेठमा कक्षा १० को रजिस्ट्रेसन फाराम भर्दा धेरैजसो विद्यार्थीको उमेर कानुनी सीमा भन्दा कम देखिएको थियो। कतिपयको उमेर एसईई हुने समयमा १२ वर्ष मात्रै हुने देखिएको थियो। यसैले राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई २०६८ चैत मसान्तसम्मको जन्ममिति उल्लेख गरेर फाराम भर्ने अनुमति दिएको हो।

यस्तै, सन् २०७८ मा शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन १४ वर्ष उमेर पूरा हुनुपर्ने प्रावधान हटाएपछि केही अभिभावकले आफ्ना सन्तानलाई कक्षा फड्काएर माथिल्लो कक्षामा पठाउने, वा जन्ममिति नै परिवर्तन गर्ने प्रवृत्ति देखिएको थियो।

सरकारको पछिल्लो निर्णयसँगै उमेरको आधारमा परीक्षा दिनबाट रोकिएका विद्यार्थी र व्यक्तिगत विवरणमा समस्या झेल्दै आएका व्यक्तिहरू दुवैलाई राहत हुने अपेक्षा गरिएको छ।