देशभर मनसुनी प्रभाव कायम, कोशी–बागमतीमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराई भूभागमा अवस्थित रहेकाले देशभर मनसुनी प्रभाव जारी छ। तर, जलवाष्पयुक्त हावाको प्रवाह केही कमजोर देखिएको महाशाखाले बताएको छ।

CP Hospital Dhangadhi

यसको प्रभावले देशको पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।

कहाँ–कहाँ भइरहेको वर्षा?
बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

nawajiwan

दिउँसो र रातिको पूर्वानुमान
दिउँसो: कोशी र लुम्बिनी प्रदेशलगायत देशको अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी र लुम्बिनीका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Attariya Hospital

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

राति: देशभर सामान्य बदली रहनेछ। मधेस, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको पहाडी क्षेत्रको एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

सतर्कता अनुरोध
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मौसम महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।