किशोर किशोरी तथा युवाहरुको यौन तथा प्रजनन स्वास्थ्यको प्रवर्धनमा अभिभावक सकारात्मक बन्दै

Image
Nisarga Hospital

धनगढी: नेपालले विगत २० वर्षमा किशोर महिलाहरूमा प्रजनन दरमा उल्लेखनीय सुधार गरेको छ—सन् २००१ मा १५–१९ वर्षका किशोरीहरूमा जन्मदर प्रति हजार ११० थियो, जुन सन् २०२२ मा घटेर ७१ पुगेको छ । प्रतिशतमा हेर्दा, सन् २००१ मा ५६% थियो भने सन् २०२२ मा यो घटेर १४% मा आइपुगेको छ । यो सफलताको ठूलो भाग यिनीहरूमा नीति, शिक्षा, परिवार नियोजन, विवाह उमेर बढाउने लगायतका कार्यक्रमहरूले खेलेको देखिन्छ ।
किशोर–किशोरी तथा युवाहरुको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा लामो समयदेखि मौन रहने अभिभावकहरू अब भने खुला संवादतर्फ उन्मुख हुँदै गएका छन् । विभिन्न जागरणमूलक कार्यक्रम, अभिमुखीकरण र समुदायस्तरका पहलहरूका कारण अभिभावकहरूमा यौन शिक्षा र प्रजनन स्वास्थ्यको महत्वप्रति सकारात्मक सोच विकास हुँदै गएको छ ।

CP Hospital Dhangadhi

धनगढीकी एक ज्योती भट्टले भनिन्, “पहिला हामी यस्ता कुरा बच्चासँग गर्नै नहुने मान्थ्यौं, तर अहिले देखियो कि सही जानकारी नपाउँदा उनीहरू झन् बढी जोखिममा पर्छन् ।” छोराछोरीहरु आफै अबिभावक सगं यौन तथा प्रजनन सम्बन्धी कुरा गर्न हिचकिचाउँछन्, झन पुरुष अबिभावबाट टाढै रहने प्रबृती छ उनले भनिन् “घरको महिला अबिभावकले आफै छोराछोरीहरु सित यस्ता बिषय शेयर गर्नुपर्छ, अनी बिस्तारै आफ्ना कुरा उनिहरुले भन्न थाल्छन् ।”

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार किशोर अवस्था (१०–१९ वर्ष) मा रहेका धेरैजसो युवाहरू यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीको अभावमा रहेका छन् । यो अभावले अनाहकमा हुने गर्भधारण, यौनजन्य रोगहरूको जोखिम, तथा मानसिक तनावजस्ता समस्याहरू निम्त्याउने गरेको देखिन्छ । यसै सन्दर्भमा उनले भनिन्, “अभिभावकहरू खुलेर कुरा गर्न थालेपछि विद्यार्थीहरू पनि सजिलै समस्या शेयर गर्न थालेका छन् । यसले विद्यालयमै परामर्श दिने वातावरण तयार गरेको छ ।”

nawajiwan

यौन र प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा अभिभावकको संलग्नता बढाउन स्थानीय सरकार, गैरसरकारी संस्था तथा स्वयंसेवी समूहहरू सक्रिय छन् । उनीहरूले नियमित रूपमा अभिभावकका लागि कार्यशाला, प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार, किशोरावस्थामा सहि जानकारीको पहुँच हुनु मात्र पर्याप्त हुँदैन, त्यो जानकारी कसले कसरी दिन्छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ । अभिभावकको भूमिका यसमा सबैभन्दा निर्णायक हुन्छ ।

Attariya Hospital

बाल अधिकारकर्मी भन्छन्, “समाजमा यस्ता विषयलाई अझै पनि लाज वा अपराधसँग जोडिन्छ, तर साँचो कुरो बुझ्न थालेका अभिभावकले अब यो विषयलाई स्वाभाविक रूपमा लिन थालेका छन्, जुन निकै सकारात्मक परिवर्तन हो ।” यसरी अभिभावकहरू यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी संवादमा सक्रिय हुँदै जानु किशोर किशोरी तथा युवा पुस्ताको समग्र स्वास्थ्य, आत्मविश्वास र सुरक्षित भविष्यका लागि निकै आशाजनक संकेत हो ।

खुला संवाद र विश्वास
जब अभिभावकले आफ्ना बच्चासँग महिनावारी, पिडा वा यौन शिक्षा बारे खुलेर कुरा गर्न थाल्छन्, किशोरहरू समस्याबिना लजाउँ सञ्चार गर्न सक्छन् । उदाहरणका लागि कैलालीका स्वास्थ्य केन्द्रमा स्थापित विशिष्ट कोठाहरूमा स्वास्थ्यकर्मीले अभिभावकलाई समेत समेटेर शिक्षा र परामर्श दिन थालेपछि, किशोरहरू सकारात्मक असर देखाउन थालेका छन् । कैलालीको सामुदायिक स्वास्थ्य क्लिनिकमा स्थानिय किशोर तथा किशोरीलाई लक्षित परामर्श कक्षले अभिभावकलाई पनि संलग्न गराउँदा, लाज खुल्दै आएको र सचेतना बढेको उल्लेख गरिएको छ ।

कार्यक्रम र नीति–निर्माण निकायहरू
अभिभावकसँग स्थानिय सरकार स्तरमा अझ संवाद आवश्यक रहेको र प्रदेश सरकारले थप चासो दिनुपर्ने बताए। सङ्घीय संरचनामा समन्वय कमी प्रमुख चुनौती हो भन्ने धारणा राखेका छन् ।
क्षेत्र अभिभावकको सकारात्मक योगदान
किशोरहरूसँग खुला र सहानुभूति पूर्ण संवादले लाज हटाउँछ र सचेतना बढाउँछ । अस्पताल, विद्यालय र सामुदायिक कार्यक्रममा अभिभावकको सहभागिताले विश्वास र पहुँच बढाउँछ । सरकार र संस्थाहरूले अभिभावक समावेश नीति कार्यविधि र तालिमहरू तयार गरेका छन् ।

किशोरावस्थामा यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि सकारात्मक अभिभावकत्व अत्यन्त महत्वपूर्ण हो । जब अभिभावकले खुला संवाद, शिक्षा, र विश्वासको वातावरण सिर्जना गर्छन्, तब किशोरहरू आफ्नो समस्या, जिज्ञासा र अधिकार बुझ्न सजिलो हुन्छ । नेपालमा नीति–निर्माण निकायहरू र गैरसरकारी संस्थाहरूले अभिभावकलाई सहभागी गराउँदै व्यापक कार्यक्रमहरू कार्यान्वयन गरिरहेको अवस्थामा, प्रत्येक अभिभावकले चाहे घरमै, विद्यालयमै वा सामुदायिक फोरममा
सकारात्मक भूमिका लिन सक्ने वातावरण बनेको छ ।