
नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा आदिल आलम सबैभन्दा चर्चित खेलाडी बनेका छन्।

अक्सनमा सहभागी सबै ८ वटै टोलीले उनलाई अधिकतम मूल्य १५ लाख रुपैयाँमा बोली लगाएपछि अन्ततः लक्की ड्र मार्फत काठमाडौं गोर्खाजले उनलाई आफ्नो टोलीमा भित्र्याएको हो।

आलमको उत्कृष्ट प्रदर्शन र बहुपक्षीय क्षमताले उनलाई सबै टिमको प्राथमिक रोजाइ बनाएको हो। यस वर्षको एनपीएलमा उनले काठमाडौं गोर्खाजको प्रतिनिधित्व गर्दै मैदानमा उत्रनेछन्।


















