मनसुन क्रमशः कमजोर हुँदै, तर जलवाष्पयुक्त हावाको प्रभाव कायम

Image
Nisarga Hospital

मनसुनको न्यून चापीय रेखा अहिले नेपालको तराई आसपास रहे पनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यससँगै मनसुन केही कमजोर हुँदै जाने भए पनि बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव भने यथावत रहने महाशाखाको भनाइ छ।

CP Hospital Dhangadhi

आज बिहान सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रही, बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिमसहित पहाडी भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। यस अवधिमा सुदूरपश्चिमका साथै अन्य पहाडी भूभागका केही स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान छ।

nawajiwan
Attariya Hospital

आज राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहने र अन्य स्थानहरूमा आंशिक बदली हुने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य पहाडी र तराईका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।