टप एण्ड टी-२० सिरिजमा नेपाललाई लगातार दोस्रो हार, बंगलादेश ‘ए’सँग २९ रनले पराजय

Image
Nisarga Hospital

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। आइतबार खेलेको खेलमा नेपाल बंगलादेश ‘ए’सँग २९ रनले पराजित भयो।

CP Hospital Dhangadhi

१८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। उनले ४७ बलमा नटआउट ५९ रन जोडे।

बलिङतर्फ बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए भने सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले समान १-१ विकेट हात पारे।

nawajiwan

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रनको योगफल बनाएको थियो। ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन प्रहार गरे भने अफिफ होसेनले अविजित ४८ रन जोडे।

Attariya Hospital

नेपालका लागि रिजन ढकालले २ विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १-१ विकेट झारे।

नेपाल यसअघि शुक्रबार पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको थियो। अब नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

Advertize US