नेपालमा मनसुन कमजोर, तर यी स्थानमा भारी वर्षाको जोखिम कायम रहने

Image
Nisarga Hospital

नेपालमा मनसुन केही कमजोर भए पनि विभिन्न प्रदेशमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा दक्षिणतर्फ सरिरहेकाले हाल देशभर सामान्यतया बदली छ। यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर प्रवेश गरिरहेकाले वर्षा भइरहेका छन्।

अहिलेको अवस्था

nawajiwan

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा समेत वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।

  • कोशी, मधेस र बागमती प्रदेशको तराई तथा पहाडी भूभाग,

  • बाँकी प्रदेशका पहाडी क्षेत्र र

  • केही तराई भूभागमा मध्यम वर्षा हुने सम्भावना छ।

Attariya Hospital

त्यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

रातिको पूर्वानुमान

आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली मात्र रहनेछ।

  • कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग

  • अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा

  • तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

कोशी प्रदेशको तराई र पहाडी क्षेत्रमा भने भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।

सतर्कता

कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना भएकाले वर्षाजन्य विपद्‌बाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।