
सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ।

गत शनिबार रूपन्देहीबाट ललितपुरस्थित नख्खु कारागार ल्याइएका सभापति लामिछानेलाई स्वास्थ्यमा समस्या भएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको कारागार स्रोतले जनाएको छ। हाल उनको रगत परीक्षण भइरहेको छ।

स्रोतका अनुसार लामिछानेलाई जन्डिसको आशंका गरिएको छ। आशंका लाग्नेबित्तिकै उनको रगतको नमूना परीक्षण भइरहेको जनाइएको छ।

त्यस्तै, रास्वपा नेता दिपक बोहराले लामिछानेको छाला पहेँलो देखिएको जानकारी दिएका छन्। लामो समयसम्म बाहिर निस्कन नपाएको कारणले पनि स्वास्थ्य समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ।

















