
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।

सुदूरपश्चिमका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी समय देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। साथै कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

































